काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर वित्तीय साक्षरता तथा सचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरेको छ । बैंकले चैत २ देखि चैत ८ गतेसम्म साताव्यापी रूपमा सञ्चालन गरिएको अभियानअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका लक्षित वर्गलाई केन्द्रमा राखी विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ ।
बैंकका देशभर रहेका शाखा तथा प्रादेशिक कार्यालयमार्फत दरबारमार्ग, हेटौंडा, इटहरी, भैरहवा, विजयपुर पोखरा, वीरगञ्ज, धनगढी, सूर्यपुरा, डडेलधुरा, लाहान, बिचबजार, मंगलसेन र चिप्लेढुङ्गालगायत स्थानमा वित्तीय साक्षरता, र्याली तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।
'स्मार्ट मनी टक्स' भन्ने मूल नारासहित आयोजित कार्यक्रममा एक हजारभन्दा बढी विद्यार्थी तथा युवाको सहभागिता रहेको बैंकले जनाएको छ । कार्यक्रममा बचत, कर्जा, लगानी, सफा नोट, विद्युतीय वित्तीय सेवा, विप्रेषण, गुनासो सुनुवाइ, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी तथा वित्तीय अनुशासनसम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो ।
नेपाल राष्ट्र बैंकलगायत विभिन्न संस्थाले आयोजना गरेका वित्तीय साक्षरतासम्बन्धी प्रभातफेरी कार्यक्रममा समेत बैंकले सक्रिय सहभागिता जनाएको छ । यसै अवसरमा बैंकको नेपालगञ्ज शाखाले बाँकेको युद्ध संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको थियो ।
बैंकले आधिकारिक सामाजिक सञ्जालमार्फत समेत वित्तीय सचेतनासम्बन्धी सामग्री र भिडियो प्रसारण गरी किशोर–किशोरी तथा युवामा वित्तीय शिक्षाप्रति जागरण ल्याउने प्रयास गरिएको जनाएको छ ।
'सबल बैंक, सफल सहकार्य' भन्ने नारासहित विगत ३१ वर्षदेखि सेवा दिँदै आएको महालक्ष्मी विकास बैंकका देशभर १०३ शाखा कार्यालय सञ्चालनमा रहेका छन् भने करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहक रहेका छन् ।