पोखरा विमानस्थलमा ४६ करोड भ्रष्टाचार, २१ जनामाथि मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको बहुचर्चित भ्रष्टाचार प्रकरणमा पूर्वसचिव केदारबहादुर अधिकारीसहित २१ जना र ठेकेदार कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

पूर्वसचिव अधिकारी प्रतिनिधि सभाको पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मुख्यसचिव समेत हुन्।

आयोगका अनुसार तत्कालीन सचिव अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका पूर्वमहानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीसमेतलाई प्रतिवादी बनाइएको भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएको छ । 

साथै क्यानका वरिष्ठ इन्जिनियरहरू, लेखा अधिकृतहरू, चिनियाँ ठेकेदार कम्पनी चाइना सिम्याक इन्जिनियरीङ कम्पनि तथा परामर्शदाताकम्पनीका प्रतिनिधिहरूलाई पनि अभियोगमा समेटिएको छ ।

अख्तियारले ४६ करोड १५ लाख ८४ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ ।

Share News