सेयर बजारमा हरियाली, २३ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५४ अंकले बढेर २९३१ बिन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार १८३ कम्पनिको सेयर मूल्य बढ्दा ७३ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

आइतबार ३६४ कम्पनिको ६ करोड कित्ता सेयर कारोबार हुँदा २३ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार कुमारी बैंकको भएको छ । कुमारीको ८५ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

साथै, नेसनल हाइड्रोको ७७ करोड, शिवम् सिमेन्टको ७५ करोड, न्यादी गुप्रको ७२ करोड र हिमाल दोलखाको ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

आइतबारको कारोबारमा ६ वटा कम्पनिको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज १३ वटा उपसूचक मध्ये १२ वटाकाे समूह बढेको छ भने व्यापार समूह घटेको छ । 

Share News