काठमाडौं । ललितपुर महानगरको हरिसिद्धिस्थित होसना इँट्टाभट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ ।
त्यस्तै, घाइते हुनेहरूमा रुकुम नै घर भएकी २७ वर्षीया जानकी चन्द, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर, दाङकी १९ वर्षीया सुमा कुमाल र सल्यानकी २७ वर्षीया शान्ति कुँवर रहेका छन् ।
उनीहरूको मेडिसिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ ।