काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन कुमार थापाको राजीनामाबारे आइतबार (आज) औपचारिक निर्णय गर्ने भएको छ । पार्टी मुख्यालय सानेपामा जारी बैठकले आज राजीनामा स्वीकृत गर्ने वा नगर्ने बारे औपचारिक निर्णय गर्ने भएको हो ।
गत शुक्रबारबाट सुरु भएको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा र गगनको राजीनामाबारे सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।
सभापति थापाले पार्टीले प्रतिनिधिसभा निर्वाचनमा बेहोर्नु परेको क्षतिको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए ।