काठमाडौं । ललितपुरमा सुनचाँदीको गरगहना चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।
मंगलबार ललितपुर महालक्ष्मी नगरपालिका ६ सिद्धिपुरस्थित कृष्णप्रसाद श्रेष्ठको घरबाट सुनचाँदी चोरी गर्ने ३२ वर्षीय प्रेम लामा र ३२ वर्षीय सजन कुमार श्रेष्ठ प्रकाउ परेका हुन् ।
उपत्यका अपराध महाशाखा, प्रहरी परिसर ललितपुर तथा प्रहरी वृत्त सातदोबाटोबाट संयुक्त रुपमा खटिएको अनुसन्धान टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ४ घर भइ काठमाडाैं मनोहरा नगरपालिका ९ बस्ने लामा चोरी मुद्दामा पटक पटक गरी ११ बर्ष कैद भुक्तान गरी छुट्नेबित्तिकै पक्राउ परेका हुन् ।
दोलखा भीमेश्वर नगरपालिका २ नागदह घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ९ भीएस प्लानिङ बस्ने श्रेष्ठ पक्राउ परेका हुन् ।