ललितपुरको ‘बाइक हस्पिटल’बाट मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

काठमाडौं । ‘बाइक हस्पिटल’बाट मोटरसाइकल चोरी गर्ने गिरोह समूहका तीन जना पक्राउ परेका छन् । 

ललितपुरको महालक्ष्मी ५ मा टिकाथलीबाट ‘बाइक हस्पिटल’ नामक मोटरसाइकल ग्यारेजबाट २३ वर्षीय विशाल महत्तो, २९ वर्षीय भीमबहादुर अधिकारी र २७ वर्षीय सञ्जीवकुमार कुसवाहालाई जिल्ला ललितपुर प्रहरी परिसरले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मोटरसाइक ग्यारेज खोलेर चोरीको मोटरसाइकलको इन्जिन तथा चेसिससमेतको किर्ते कागजात बनाई बिक्री गर्ने गरेका थिए । 

गिरोहलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर मातहत प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरिएको हो ।

केटीएम ड्युक २५० सीसीको एक, केटीएम ड्युक २२० सीसीको एक, रोयल इन्फिल्ड ३५० सीसीको एक, केटीएम एडभेन्चर २५० सीसीको १ र ब्लु बुक ३ थानसहित उनीहरू पक्राउ परेका हुन् ।

Share News