काठमाडौं । सिरहामा कुकर बम विस्फोटको घटनामा संलग्न भनेर अनुसन्धानका गर्न प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सुखिपुर नगरपालिका–३ का गुमस्ता यादव रहेको जिल्ला प्रहरी कार्यालयले, सिरहाले जनाएको छ । जिल्ला अदालत, सिरहा अगाडिको ल फर्ममा काम गर्दै आएका थिए ।
उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
तीन दिन अगाडि अनुसन्धानका लागि भनेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका सूचना अधिकारी रमेशबहादुर पालले जानकारी दिए ।
‘हामीले शंकाका आधारमा एक जनालाई पक्राउ गरी केही दिनदेखि अनुसन्धान गरिरहेका छौं, उनले भने ।
गएको २७ फागुनमा बार एशोसिएसनको कार्यालयमा कुकर बम विस्फोट भएको थियो । उक्त विस्फोटमा परी सिरहा नगरपालिका–१ का कर्मचारी सौरभ यादव घाइते भएका थिए ।
उनको खुट्टामा चोट लागेको थियो । विस्फोटबाट कार्यालयका कम्प्युटरलगायत सामग्रीमासमेत क्षति पुगेको थियो।