काठमाडौं । जेनजी आन्दोलनमा क्रममा सुनधारा कारागारबाट फरार रहेका कैदीबन्दी पक्राउ परेका छन् ।
शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको बालाजुबाट विकाश रुम्बालाई पक्राउ गरेकाे हो ।
पक्राउपश्चात हाल उनलाई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा पठाइएको सीआईबीले जनाएको छ ।
२०८१ चैत २० गतेदेखि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा लागू औषध मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका मकवानपुर, इन्द्रसरोवर १ का रुम्बा गत भदौ २४ जेनजी आन्दोलनमा कारागारबाट फरार भएका थिए ।