उपसभापति शर्माको अध्यक्षतामा कांग्रेस केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । राजीनामा दिएका सभापति गगन थापाको कुर्सी भने बैठक हलमा खाली राखिएको छ ।

आम निर्वाचन २०८२ को परिणाम सार्वजनिक भएपछि कांग्रेसको केन्द्रीय समिति बैठक बसेको हो । बैठकमा निर्वाचन समीक्षा, आगामी १५औँ महाधिवेशनको तयारी तथा सभापति गगन थापाको राजीनामासम्बन्धी विषयमा छलफल हुने केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन् ।

बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूको सहभागिता रहेको जनाइएको छ ।  

Share News