काठमाडौं रेडक्रस शाखाले काठमाडौं महानगरमा प्राथमिक उपचारको तालिम सञ्चालन गर्ने

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी काठमाडौं शाखाले काठमाडौं महानगरपालिकाको सहकार्यमा महानगरका सबै वडामा आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्ने भएको छ । 

काठमाडौं महानगर पालिका कार्यवाहक उपप्रमुख सुनिता डंगोलले महानगरका तर्फबाट स्वास्थ्य विभागका निर्देशक दिपक केसी र नेरेसो काठमाडौं जिल्ला शाखाका तर्फबाट सभापति श्यामकाजी डोटेलले हस्ताक्षर गरेका थिए । 

कार्यक्रममा महानगरका विशिष्ट कर्मचारी वर्ग र नेरेसो काठमाडौंका उपस्थिति रहेको थियो ।

Share News