२० हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौं उपत्यकाका २० हजार विद्यार्थीको आँखा परीक्षण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

महानगर स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले सम्झौतापत्रमा बिहीबार आयोजित एक कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार महानगरले अस्पताललाई ३० लाख रुपैयाँ प्रदान गर्नेछ । विशेषज्ञ चिकित्सकबाट कम्तीमा ३० वटा विद्यालयका २० हजार विद्यार्थीको आँखा जाँच तथा आवश्यकताअनुसार औषधि र चस्मा पनि प्रदान गर्नुपर्नेछ ।     

Share News