काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २८ हजार ९ सय अमेरिकन डलरहित तीन जना नेपाली पक्राउ परेका छन्।
बिहीबार पौने १२ बजे चीन जान लागेको बेलामा ४५ वर्षीया अनिता लामा, ३८ वर्षीया संगीता लामा र ४७ वर्षीय विनोद लामा २८ हजार ९ सय अमेरिकी डलरसहित पक्राउ परेका हुन् ।
उनीहरू चाइना साउर्थन को उडान नम्बर सीजेड ६०६८ नम्बरको उडानबाट चीन लागेका थिए ।
उनीहरूले अमेरिकी डलर चीन लैजान लागेको अवस्थामा चेकजाँच गर्दा उक्त डलर फेला परेको प्रहरीले जनाएको छ ।
आवश्यक अनुसन्धानका लागि कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ ।