जेनजी आन्दोलनमा फरार रहेका कैदी गुरुङ कलंकीबाट पक्राउ

काठमाडौं । जेनजी आन्दोलनमा फरार रहेका एकजना कैदी पक्राउ परेका छन् । 

बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कलंकीबाट ५६ वर्षीय विष्णुबहादुर गुरुङलाई पक्राउ गरेको हो ।

बाघको छाला बिक्री गरेको मुद्दामा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको २०६५ जेठ ९ गतेको फैसलाले गुरुङलाई १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला भएको थियो ।

उनी सुन्धारा कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए । गुरुङ जेनजी आन्दोलनको क्रममा भदौ २४ गते कारागाराबाट फरार रहेका थिए ।

Share News