काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनले यात्रुलाई ढोकामा राख्न नपाउने

काठमाडौं । सार्वजनिक सवारीसाधनले यात्रुलाई ढोकामा राखेर यात्रा गराएमा कारवाहीमा पर्ने भएका छन् । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार यात्रुवाहक बस र माइक्रो जस्ता सार्वजनिक यातायातले यात्रुलाई ढोकामा राखेर गन्तव्यमा पुर्याएमा कारवाहीमा पर्ने भएका हुन् ।

सार्वजनिक यातायाताले यात्रुहरूलाई जोखिमपूर्ण यात्रा गराउने, लापरवाही तरिकाले यात्रुवाहक सवारीसाधन चलाउने र सवारी साधनको ढोकामा यात्रु राख्ने तथा माइक्रो बसहरूमा शरीरको आधा शरीर ढोका बाहिर निकाली यात्रा गराउने गराएका थिए । 

सार्वजनिक यातायातले यात्राका क्रममा जथाभावी गरेकाले यात्रुहरूले ट्राफिक प्रहरीसमक्ष गुनासो गरेका थिए । 

काठमाडौं उपत्यकामा चल्ने यात्रुवाहक बस, माइक्रोजस्ता सवारीसाधनलाई सचेतसमेत गराएका छन् ।

केही सवारीसाधनलाई सवारी साधनलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाहीसमेत गरिएको ट्राफिक कार्यालयले जनाएको छ । 

सार्वजनिक यातायातका परिचालकहरूलाई सचेतना कक्षा पनि सञ्चालन गरिएको कार्यालयले उल्लेख गरेको छ ।

Share News