बुधबार सुनको मूल्य तोलामा ४०० र चाँदी १४० रुपैयाँले घट्यो

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा पाँच हजार ४०० र चाँदी १४० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १० रुपैयाँ कायम भएको छ । 

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख सात हजार ७०० रुप र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १५० कायम भएको थियो । गत मंगलबार एक तोला छापावाल सुन तीन लाख नौ हजार ९०० रुपैयाँ र एक तोला चाँदी पाँच हजार ३३५ रुपैयाँ कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बुधबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९०० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।  

Share News