काठमाडौं । एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय इभी ब्रान्डहरू दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेर नेपालकै सबैभन्दा ठूलो मेगा एक्सचेन्ज कार्निभल आयोजना गर्ने तयारी गरेको छ ।
आगामी १२ चैतदेखि १४ चैतसम्म देशैभरि आयोजना हुने मेगा एक्सचेन्ज कार्निभल डिजाइन र प्रविधिमा अब्बल ईभीमा अपग्रेड हुने कम्पनीले दावी गरेको छ ।
कम्पनीका अनुसार मेगा एक्सचेन्जमा ग्राहकले प्रत्यक्ष नगद बचत, पुराना गाडीहरूको उच्चतम मूल्यांकन, उत्कृष्ट एक्सचेन्ज बोनस, निःशुल्क बिमा तथा चार्जर प्याकेज र नेपालकै सबैभन्दा लामो एक्सटेन्डेड वारेन्टीजस्ता सुविधा प्राप्त गर्नेछन् ।
काठमाडौं उपत्यकामा यो कार्यक्रम ग्राहकको सहजताका लागि गैरीधारास्थित सिल्भरओक बैंक्वेट, ललितपुर पुल्चोकस्थित संस्कार फाइन एन्ड डाइन र भक्तपुर राधेराधेस्थित हेरिटेज प्लायलेसमा आयोजना गरिने जनाइएको छ ।
उपत्यका बाहिर भने यो कार्यक्रम दिपल, नामी तथा सेरेसका सम्बन्धित शोरुमहरूमा आयोजना हुनेछ ।
कार्यक्रममा रोबोटिक सो, किड्स जोन, विभिन्न खेल तथा खानाको स्टलहरूजस्ता मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिने जनाइएको छ ।