काठमाडौं । सामाजिक सञ्जालमा फेक आइडी बनाएर गालीगलौज गर्ने एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
शनिबार भारत मोतियारीका २४ वर्षीय राजकुमार जैसवाललाई जिल्ला प्रहरी कार्यालय, पर्सासँग समन्वयमा नियन्त्रणमा लिएको मोरङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा नक्कली आइडी बनाएर अश्लील फोटो र भिडियो पोष्ट गर्ने गरेका थिए । ह्वाटसएपमासमेत गालीगलौजसमेत गर्ने गरेको उजुरीका आधारमा प्रकाउ गरिएको मोरङ प्रहरीले बताएको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका १५ स्थित बसपार्क एरियाबाट पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ ।
विद्युतीय अपराध मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।