मञ्जुश्री फाइनान्सको ग्लोबल मनी विक प्रभात फेरीबाट सुरु

काठमाडौं । मञ्जुश्री फाइनान्सले ग्लोबल मनी विक २०२६ को सुरुवात आफ्नो चितवन क्लस्टरको शाखाहरूमार्फत प्रभात फेरीबाट गरेको छ । 

विश्वभरि नै मनाइने ग्लोबल मनी वीकको सप्ताहमा मन्जुश्री फाइनान्सले आफ्ना सम्पूर्ण शाखाहरूबाट कार्यक्रमको आयोजना गरेको हो ।

यस ग्लोबल मनी वि २०२६ को मूल आधार स्मार्ट मनी टक्स भन्ने अभिप्रायलाई लिएर विभिन्न संघसंस्था तथा युवालाई मध्यनजर गर्दै विभिन्न स्कूल तथा कलेजहरूमा कार्यक्रम गरिने मञ्जुश्री फाइनान्सले जनाएको छ । 

हालसम्म करिब २४ अर्ब निक्षेप संकलन तथा २०।६ अर्ब कर्जा प्रवाह गरेको यस मञ्जुश्री फाइनान्सले २८ ओटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा उपलब्ध गराइरहेको छ । फाइनान्सका ग्राहक १ लाख ८ ७ हजारभन्दा अधिक रहेका छन् । 

यसअघि मञ्जुश्री फाइनान्सले आफ्ना ग्राहकहरूमाझ मञ्जुश्री भर्चुअल क्रेडिट कार्डको सेवा पनि उपलब्ध गराउँदै आइरहेको छ ।
 

Share News