काठमाडौं । खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटनामा परेको हो ।
खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले हेलिकप्टर दुर्घटनाको परेको जानकारी दिइन् ।
‘एक जना व्यक्तिको खुट्टा भाँचिएको खबर प्राप्त भएको छ,’ उनले भनिन् ।
युकेमा मृत्यु भएको वृद्ध महिलाको शव वाहनमा लगिएको स्थानीय विद्यालयका प्रधानाध्यापक डिकमान राईले जानकारी दिए ।
उनका अनुसार हेलिकोप्टरमा पाइलट सविन थापासहित श्रीमान डाकमणी राई, छोरी लक्की राई, छोरा बालकुमार राई र काजीबहादुर राईलगायत अन्य दुई जना मानिस सवार थिए ।
राईको खुट्टा भाँचिएकाले काठमाडौंमा उपचारका लगिएको उनले जानकारी दिए ।
उनलाई एयर डाइनेष्टीकै अर्को हेलिकप्टर मगाएर उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। चालक थापासहित अरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।