खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

काठमाडौं । खोटाङमा  हेलिकप्टर दुर्घटना भएको छ । केपिलासगढी गाउँपालिका–२ मा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको हो ।

खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले हेलिकप्टर दुर्घटनाको परेको जानकारी दिइन् । ‘एक जना व्यक्तिको खुट्टा भाँचिएको खबर प्राप्त भएको छ,’ उनले भनिन् ।

जिल्ला प्रहरी कार्यालय, खोटाङका अनुसार हेलिकप्टरले काठमाडौंबाट शव लिएर जाँदै थियो । 

Share News