काठमाडौं । नेपाली बजारमा बुधबार (आज) सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा २ हजार २०० र चाँदी १८५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला ३ लाख ७ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ५ हजार १५० कायम भएको छ ।
हिजो मंगलबार एक तोला छापावाल सुन ३ लाख ९ हजार ९०० र एक तोला चाँदी ५ हजार ३३५ कारोबार भएको थियो । गत सोमवार छापावाल सुनको मोल प्रतितोला रु ३ लाख ९ हजार ५०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य ५ हजार २६५ निर्धारण भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन पाँच हजार र त्यति नै परिमाणको चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।