निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पशुपतिनाथमा रुद्राभिषेक पूजा

तस्बिर : केशव थापा/प्रधानमन्त्रीको सचिवालय

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार (आज) बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरूप उक्त पूजा गरेकी हुन् ।

मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना पनि गरिन् ।

मुलुकभर सबै नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भनी उनले पुकारा पनि गरिन् ।

संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायत पनि उपस्थित थिए ।

nullnull

Share News