९ करोड २ लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

काठमाडौं । संघीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटसहित ९ करोड २ लाख रुपैयाँमा नगरपालिकाको ४२ कोठे भवन निर्माण भएको छ । 

नगरपालिकाका इन्जिनियर प्रवीण गौतमका अनुसार फलेवास-५ झकलकमा स्थानीयले निःशुल्क उपलब्ध गराएको ६० रोपनी आठ आना जग्गामा चारतले भवन निर्माण भएको हो । 

रङरोगन, झ्याल-ढोका जडान र साजसज्जाको काम सकेर विद्युत् ‘वाइरिङ’ जारी रहेको नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिँदै यथाशीघ्र नयाँ भवनबाट सेवा प्रवाह गर्ने तयारी भएको बताए । 
 

Share News