काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा फेक आइडी बनाएर महिलाको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका १ का हाल काठमाडौं नयाँबजार बस्ने २३ वर्षीय तपेन्द्र विष्टलाई नेपाल प्रहरीको साइबर ब्यूरोले सोमबार पक्राउ गरेको हो ।
विष्टले पीडित महिलाको तस्विर सँगसँगै चरित्र हत्या गर्ने गरेको ब्यूरोका प्रवक्ता दिपकराज अवस्थीले जानकारी दिए । उनका अनुसार विष्टले अपमानजनक, अमर्यादित कन्टेन्ट बनाइ पोष्ट गर्थे । विष्टले अपरिचित व्यक्तिका अश्लिल क्रियाकलापका भिडियो सामग्रीहरूमा महिलाको नाम राख्ने गर्थे ।
होली काण्डको नाम दिइ पोष्ट गरेर पीडित महिलालाई दुःख दिने गरेका उनले पीडित महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हैरानी अवस्थीले बताए । जिल्ला अदालत काठमाडौंको आदेशले तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।