जेनजी आन्दोलमा फरार रहेका कैदी चोरीको मोटरसाइकलसहित पक्राउ

काठमाडौं । जेनजी आन्दोलनमा कपिलवस्तु कारागारबाट फरार रहेका चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् । 

कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका अनुसार मायादेवी गाउँपालिका ६ का १९ वर्षीय सद्दाम हुसेन फकिर पक्राउ परेका हुन् ।

त्यसैगरी, भारत उत्तर प्रदेशका उज्जैन कला गोण्डाका १९ वर्षीय मोहम्मद सलमान र कपिलवस्तु नगरपालिका ३ का २२ वर्षीय को सुभम खड्का र कृष्णनगर नगरपालिका ८ का २२ वर्षीय एजाज खान रहेका छन् ।

उनीहरूको साथबाट चोरी भएको पाँच थान मोटरसाइकल बरामद गरिएको कार्यालयका सूचना अधिकारी निमित्त सूचना अधिकारी दीपक कुँवरले जानकारी दिए । 

उनका अनुसार मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २० को चोरी तथा डाँकासम्बन्धी कसुरमा सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान भइरहेको छ ।

Share News