क्यासिनोमा भारतीय नक्कली आधार कार्ड र भोटर कार्ड बनाएर प्रवेश गर्ने १४ जना नेपाली पक्राउ

काठमाडौं । क्यासिनोमा भारतीय नक्कली आधार कार्ड र भोटर कार्ड बनाएर प्रवेश गर्ने १४ जना नेपाली नगदसहित पक्राउ परेका छन् । 

काठमाडौं बुढानीलकण्ठको गार्ड क्यासिनोबाट १३ र म्हैजुङ क्यासिनोबाट १ जना नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
  
काठमाडौं प्रहरी परिसरका अनुसार १ लाख ९० हजार रुपैयाँसहित नेपालीहरू पक्राउ परेका हुन् । 

प्रहरीले उनीहरूको साथमा रहेको विभिन्न कम्पनीको मोबाइल १४ थान, नक्कली भारतीय आधार कार्ड, १ थान सवारी चालक अनुमति पत्र २ थान, नक्कली भारतीय भोटर कार्ड १ थान, सीसीटीभी क्यामेराको डीभीआर तीन थान र नेपाली खेलाडीहरूले विभिन्न मितिमा नेपाली नगद साटेको इन्ट्री बुक एक थान जफत गरेको प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

Share News