दोहोरो अंकले बढ्यो नेप्से, १२ अर्ब ३ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेप्से दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.५१ अंकले बढेर २८१२.३४  विन्दुमा कायम भएको छ ।

आज नेप्से बढेसँगै कारोबार रकमसमेत बढेको छ । ३४० स्टकको १ लाख ६ हजार १४० पटकमा ३ करोड ४८ लाख ५२ हजार ७६० कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब ३ करोड ४४ लाख ६ हजार रुपैयाँको कारोबार भएको छ ।

आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

त्यस्तै, एनआईसी एशिया ग्रोथ फण्ड २ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

आज कारोबार रकमको आधारमा रिदी पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । उक्त कम्पनीको ५६ करोड ३७ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रो धेरै कारोबार हुने कम्पनीमा आँखु खोला जलविद्युतमा ५१ करोड ७५ लाख ९३ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनी ४८ करोड ५ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ४६ करोड ३३ लाख रुपैयाँ र शि श्री हाइड्रोपावरको ४४ करोड ५९ लाख रुपैयाँको कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् ।

आज ६ उपसमूह बढेको छ भने बाँकी घटेका छन् । बैंकिङ ०.८४, विकास बैंक ०.६४, जलविद्युत १.५९, लगानी ०.६१, उत्पादन ०.२९ र म्युचल फण्ड ०.२५ प्रतिशतले बढेको नेप्सेले जनाएकाे छ । 

Share News