हिमालयन बैंकका ९ शाखा व्हिलचियरमैत्री, जेष्ठ नागरिकलाई शाखा प्रमुखले सेवा दिने

काठमाडौं । हिमालयन बैंकले देशका विभिन्न ९ वटा शाखा कार्यालयलाई व्हिलचियर मैत्री शाखाका रूपमा रुपान्तरण गरेको छ । फरक क्षमताका ग्राहकहरूले बैंकका शाखामा सहज रूपमा प्रवेश गरी सेवा लिन सकून् भन्ने उद्देश्यले शाखाहरूलाई व्हिलचियर मैत्री बनाइएको बैंकले जनाएको छ ।

बैंकका अनुसार कोशी प्रदेशको इटहरी शाखा, मधेश प्रदेशको बारागढी शाखा, बागमती प्रदेशका महाराजगन्ज, हिटीदरबार, डिल्लीबजार, झम्सिखेल र सामाखुसी शाखा, लुम्बिनी प्रदेशको नेपालगञ्ज शाखा तथा कर्णाली प्रदेशको सल्यान (श्रीनगर) शाखालाई व्हिलचियर मैत्री शाखामा रुपान्तरण गरिएको हो ।

त्यसैगरी, ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा फरक क्षमताका ग्राहकहरूले बैंकिङ कारोबार- जस्तै खाता खोल्ने, चेक साट्ने, रकम जम्मा गर्ने लगायतका सेवाका लागि सिधै शाखा प्रमुख वा अपरेसन इन्चार्जलाई सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।

Share News