क्युबातर्फ ट्रम्पको नजर, अर्को द्वन्द्व सुरु गर्ने संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेलको मूल्य उच्च रहिरहेकै अवस्थामा स्ट्रेट अफ होर्मुज सुरक्षित बनाउन अन्य देशहरूको सहयोग जुटाउने प्रयास गरिरहेका छन् । तर मध्यपूर्वमा तनाव बढ्दै जाँदा विशेषगरी इरानले आफ्ना छिमेकीहरूलाई निशाना बनाइरहेकाले उनका आग्रहहरू अझै स्वीकार भएको छैन ।

र अमेरिका एउटा द्वन्द्वमा अल्झिएको भए पनि ट्रम्पले अर्को द्वन्द्व सुरु गर्ने संकेतसमेत देखाएका छन् ।

ट्रम्पले अन्य देशहरूले स्ट्रेट अफ होर्मुज सुरक्षित बनाउन अमेरिकालाई सहयोग गरून् भनेर गरेको आग्रहले खासै उत्साहजनक प्रतिक्रिया पाएको देखिँदैन । तर पनि उनले सोमबार पत्रकारहरूसँग आत्मविश्वासी रूपमा कुरा गर्दै सहयोग गर्न तयार भएका देशहरूको नाम चाँडै सार्वजनिक गरिने दावी गरे ।

यसैबीच वाशिङटनडीसीले ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेटवार्ता स्थगित गर्ने सोच बनाइरहेको छ किनकि इरानसँगको द्वन्द्व लम्बिँदै गएको छ ।

तेलको मूल्य उच्च रहिरहँदा अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले भने, ‘वाशिङ्टनले इरानी तेल ट्यांकरहरूलाई स्ट्रेट अफ हर्मुज हुँदै आवतजावत गर्न अनुमति दिएको छ, हामीले विश्वका अन्य भागमा आपूर्ति कायम राख्न यस्तो हुन दिएका हौं ।’

अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूआईटी) कच्चा तेलको मूल्य करिब २ प्रतिशतले बढेर प्रति ब्यारेल ९५.३४ पुगेको छ भने विश्वस्तरीय मानक ब्रेन्ट कच्चा तेल १.८ प्रतिशतले बढेर १०२.०२ डलर पुगेको छ ।

मूल्यमा आएको यो वृद्धि इरानले आफ्ना छिमेकीहरूलाई लगातार निशाना बनाइरहेकाले भएको हो । मंगलबार दुबईमा मिसाइल र ड्रोन आक्रमण भएको खबर आएको छ, जसका कारण युएईले अस्थायी रूपमा आफ्नो हवाई क्षेत्र बन्द गरेको छ ।

यद्यपि अमेरिका इरानसँगको द्वन्द्वमा अल्झिएको छ । ट्रम्पले सोमबार विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रलाई अर्को द्वन्द्वतर्फ लैजान सक्ने संकेत दिएका छन् । उनले क्युबालाई ‘लिने’ सम्मान आफूलाई प्राप्त हुने बताएका छन् ।

‘म क्युबालाई स्वतन्त्र गरूँ या नियन्त्रणमा लिऊँ, म त्यससँग जे चाहन्छु गर्न सक्छु,’ उनले भने । उनको यस्तो भनाइले बजारलाई थप अनिश्चित बनाउने सम्भावना छ ।

क्युबातर्फ ध्यान जानु विभिन्न राजनीतिक, रणनीतिक र ऐतिहासिक कारण

ट्रम्पले क्युबातर्फ ध्यान दिनुको पछाडि विभिन्न राजनीतिक, रणनीतिक र ऐतिहासिक कारणहरू रहेको विश्लेषणहरूले जनाएका छन् । अमेरिकाको फ्लोरिडा राज्यमा ठूलो क्युबाली(अमेरिकी समुदाय बसोबास गर्छ, जसले क्युबाको कम्युनिस्ट सरकारविरुद्ध कडा नीति चाहन्छ । त्यसैले ट्रम्पले उनीहरूको समर्थन पाउन क्युबाप्रति कडा अडान लिएका थिए । 

क्युबा अमेरिकाको अत्यन्त नजिक रहेकोले पनि यसको भूराजनीतिक महत्त्व धेरै छ र रसिया तथा चीनजस्ता प्रतिस्पर्धी शक्तिहरूको प्रभाव त्यहाँ बढ्न सक्ने सम्भावनाले अमेरिकालाई सतर्क बनाउँछ ।

यसका साथै क्युबन मिसाइल क्राइसिस जस्तो ऐतिहासिक घटनाले क्युबाको रणनीतिक संवेदनशीलता पहिले नै देखाइसकेको छ । ट्रम्प प्रशासनले क्युबामाथि कडा आर्थिक प्रतिबन्ध लगाएर त्यहाँको कम्युनिस्ट सरकारमाथि दबाब सिर्जना गर्ने प्रयास गरेको थियो ताकि राजनीतिक परिवर्तन सम्भव होस् । 

खार्ग टापु : अमेरिका–इरान द्वन्द्वको नयाँ ‘कुरुक्षेत्र’

के इरानले ‘स्ट्रेट अफ हर्मुज’ इजरायल र अमेरिकाका लागि मात्र बन्द गर्न सक्छ ?

युद्धको रापबीच इरान–चीन तेल ‘कनेक्सन’ : हर्मुजको अवरोध छिचोल्दै करोडौं ब्यारेल बेइजिङतिर

मध्यपूर्व द्वन्द्व : एसियामा इन्धन संकट, चारदिने कार्यसप्ताह र विद्यालय बन्द

इरानको भविष्य मोज्तबा खामेनेईको हातमा, के उनले सत्ता चलाउन सक्लान् ?

मध्यपूर्वको रापमा विश्व अर्थतन्त्र : केन्द्रीय बैंकहरूको ‘अग्निपरीक्षा’ र मुद्रास्फीति बढाउने जोखिम

इरान : शून्यमा सत्ता, संकटमा शासन

खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित

इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली

Share News