रास्वपाको कार्यक्रममा मोबाइलसँगै फोटो खिच्न पनि निषेध, परिवारका सदस्य र साथीलाई पनि भेट्न नमिल्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ । रास्वपाले चैत ३ र ४ गते ललितपुरको होटल रोयल टुलिपमा कार्यक्रमको आयोजना गर्ने जानकारी दिएको हो । 

सो कार्यक्रममा पार्टीले कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध गरेको छ भने कार्यक्रम स्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेश पनि निषेध गरेको सूचनामा उल्लेख छ । 

परिवारका सदस्य, साथी वा अन्य अतिथि होटलमा आमन्त्रण नगर्न पनि रास्वपाले निर्देशन गरेको छ । 

सूचनमा भनिएको छ, होटलमा तपाईंलाई छोडेपछि वाहन होटल परिसरमा वा बाहिर पार्क गर्न सकिनेछ । चालक तथा अन्य व्यक्तिको भोजन र आवासको व्यवस्था तपाईंको जिम्मेवारी हुनेछ । सो व्यवस्था अन्य होटल तथा स्थानमा गर्न अनुरोध छ ।’

सांसदहरूले कार्यक्रम स्थलमा परिवारका सदस्य, वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक नगर्न पनि निर्देशन दिएको छ । 

Share News