सानिमा जिआईसी इन्स्योरेन्सको ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको फागुन २९ गते बसेको बैठकले ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  

कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँको ५ प्रतिशतका दरले १० करोड ७५ लाख रुपैयाँ बोनस सेयर र  कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ५६ लाख ५७ हजार रुपैयाँ नगल गरी कुल ५.२६ प्रतिशत अर्थात् ११ करोड ३१ लाख ५७ हजार रुपैयाँ लाभांश प्रस्ताव गरिएको हो । 

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव सुबोध लाल श्रेष्ठले बताए । 

Share News