एनआरएनए अध्यक्षमा हेमराज शर्मा, आज कार्यसमिति सार्वजनिक गरिने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ ।

अध्यक्षमा उम्मेदवारी दिएका अन्य उम्मेदवारले नाम फिर्ता लिएपछि शर्माको नाममा सहमति भएको हो । अध्यक्षका लागि शर्माका अलावा रोबिन शेरचन र रबिन बज्राचार्यले उम्मेदवारी दिएका थिए । 

निर्वाचन समितिले सबै पदको नतिजा एकै पटक सार्वजनिक गर्ने जनाएको छ । 

एनआरएन निर्वाचन समितिका अनुसार आजै कार्यसमितिको सबै विवरण सार्वजनिक गरिनेछ । निर्वाचन भन्दा पनि सहमतिका आधारमा कार्यसमिति चयन गर्न लागिएको बताइएको छ । 

प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आथित्यतामा आइतबार साँझ ५ बजे समापन समारोह आयोजना गरिएको एनआरएनए सचिवालयले जनाएको छ । 

शनिबारदेखि शुरु भएको एनआरएनए १२औं अधिवेशन आज सम्पन्न हुँदैछ । 

Share News