काठमाडौं । मोटरसाइकलमा सवार दुई जना भ्लगरमाथि हातपात गर्ने कार चालकलाई प्रहरीले खोजी सुरु गरेको छ । शनिबार नगरकोट जाने बाटोमा लक्स के राई र विशाल तामाङमाथि हातपात गर्ने कार चालकको खोजी सुरु गरिएको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।
पीडितले प्रहरीसमक्ष उजुरी दिइसकेको भक्तपुर प्रहरी परिसरका सूचना अधिकारी प्रकाश जवेगुले जानकारी दिए । ‘सडकमा देखिएको कुटपिटको घटना शनिबार नगरकोट जाने बाटोमा भएको हो,’ उनले भने ।
जवेगुका अनुसार कार चालकको खोजी कार्य सुरु भइसकेको छ । अहिले सो घटनामाथि अनुसन्धान भइरहेको उनको भनाइ छ ।
कार चालकले मोटरसाइकल चालकलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।