ह्यातको क्यासिनोमा आगजनी गर्ने २ जना ६ महिनापछि पक्राउ

काठमाडौं । ह्यात होटलमा रहेको क्यासिनो लुटपाट तथा आगजनी गर्ने दुई व्यक्ति परेका छन् । 

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते ह्यात होटलमा रहेको प्राइड क्यासिनो लुटपाट गरको आरोपमा काभ्रेका ३७ वर्षीय कुले भन्ने कुलध्वज लामा र कोरियन भन्ने ३७ वर्षीय राकेश लामा पक्राउ परेका हुन् ।

शनिबार उनीहरूलाई शनिबार बौद्धबाट पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार  कुलध्वज लामा विरुद्ध यस पूर्व समेत विभिन्न मितिमा सार्वजनिक अपराध र ज्यान मार्ने उद्योगमा ५ वटा मुद्दा दर्ता भएको थियो ।

कोरियन भन्ने राकेश लामा विरुद्ध सार्वजनिक अपराध, अपहरण तथा शरीर बन्धक र अभद्र व्यवहार कसूरमा ७ वटा मुद्दा दर्ता भएको भट्टराईले जानकारी दिए । 

होटेल सञ्चालकले क्यासिनोको १४ करोड लुटिएको उजुरी प्रहरीमा दिएका थिए । लुटपाटमा संलग्न प्रहरीले बौद्धका ४२ वर्षीय सेठ्ठी भनिने दावा शेर्पा र काठमाडौं बूढानीलकण्ठका २९ वर्षीय रने भनिने रन्जित खड्गीसहित १० जनालाई पक्राउ गरेको थियो । ती १० जना सबै पुर्पक्षका लागि थुनामा छन् ।

प्रहरीले क्यासिनोको सीसीटीभीका आधारमा आपराधिक समूहमाथि अनुसन्धान थालेको थियो । सोही आधारमा उनीहरू पक्राउ परेका हुन् ।

Share News