सेयर बजारमा आज १४ अर्ब ३२ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार एकल अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.४५ अंकले बढी २८२४.९० विन्दुमा पुगेको हो । 

नेप्सेका अनुसार आज १४ अर्ब ३२ करोडको कारोबार भएको छ । १२४ कम्पनीको मूल्य बढ्दा १३० को घट्यो भने ९ को स्थिर रहेको नेप्सेले जनाएको छ । 

आज सबैभन्दा धेरै ग्रिनलाइफ हाइड्रोपावरको कारोबार भएको छ । ग्रिनलाइफको ८१ करोडभन्दा बढी कारोबार भएको हो ।

त्यस्तै, रिडी पावर कम्पनीको ६७ करोड, नेशनल हाइड्रोपावर कम्पनीको ६२ करोड, हिमाल दोलखा हाइड्रोको ५५ करोड र राधी विद्युतको ४५ करोडको खरिदबिक्री भएको छ । 

आज सोलु हाइड्रोको १० प्रतिशत, सालपा विकास बैंक ९.९९ प्रतिशत, होटल फरेस्ट इन ९.९३ प्रतिशत, ग्रिनलाइफ हाइड्रो ९.५३ प्रतिशत र अभियान लघुवित्त ५।३१ प्रतिशतले बढेको छ। 

दरमखोला हाइड्रो इनर्जीका लगानीकर्ताले प्रतिकित्ता ८१ रुपैयाँ नोक्सानी बेहोर्दा खानीखोला हाइड्रो, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २, थ्रिस्टार हाइड्रो र हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य क्रमशः ५.१५, ३.६६, ३.३५ र ३.३० प्रतिशतले घटेको छ । 

आज होटल र पर्यटन, लगानी, जीवन बीमा, सामूहिक लगानीका सूचक घटे भने बाँकी बढेका छन् । 

Share News