स्थगित भएको नेपाल चिकित्सक संघको निर्वाचन प्रक्रिया अघि बढाउने तयारी

काठमाडौं । स्थगित भएको नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन प्रक्रिया फेरि सुरु हुने भएको छ । यसका लागि निर्वाचन समितिले छलफल अगाडि बढाउने तयारी गरेको छ । 

निर्वाचन कहिले, कसरी अगाडि बढाउने भन्ने विषयमा यो साताको बुधबार समितिले उम्मेदवारहरूसँग छलफल गर्ने जनाइएको छ ।

छलफलमा स्थगित निर्वाचन कार्यक्रमलाई कसरी अगाडि बढाउने भन्ने विषयमा राय सुझाव लिइने भएकाले उम्मेदवार वा उनीहरूका प्रतिनिधिलाई उपस्थित हुन समितिले आग्रह गरेको छ । 
 
संघको निर्वाचन यसअघि विभिन्न कारणले प्रभावित हुँदै आएको थियो भने केही उम्मेदवारले नियम विपरीत आफ्नो नाम अन्तिम नामावलीमा समावेश नगरिएको भन्दै अदालतमा उजुरी दिएका थिए । 

अदालतले उनीहरूको नामसमेत समावेश गर्न आदेश दिएको छ । निर्वाचनको नयाँ कार्यतालिका बुधबारको छलफलपछि सार्वजनिक गरिने छ ।

Share News