अब इरानी नागरिक नेपाल आउन नपाउने, सरकारले बन्द गर्यो ‘अन-अराइभल’ भिसा

काठमाडौं । नेपाल सरकारले इरानी नागरिकलाई ‘अन-अराइभल’ भिसा बन्द गर्ने निर्णय गरेको छ । अध्यागमन विभागले शुक्रबार दिँदै आएका यस्तो ‘अन–अराइभल’ भिसा बन्द गर्ने निर्णय गरेको हो ।

सरकारी र कूटनैतिक राहदानीबाहेकका इरानी नागरिकले अब विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएर मात्र नेपाल प्रवेश गर्न पाउनेछन् । 
‘नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले अन अराइभल भिसा उपलब्ध नगराउने भएको छ, अध्यागमन विभागले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

योसँगै नेपालमा अन अराइभल भिसा प्राप्त नहुने मुलुकको संख्या १३ पुगेको विभागले उल्लेख गरेको छ । नेपालले यसअघि नाइजेरिया, घाना, जिम्बाब्बे, स्वाजील्याण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टीन, अफगानिस्तान र सिरियाका नागरिकलाई अन अराइभल भिसामा रोक लगाउँदै आएको थियो । 

आयोगका अनुसार शरणार्थी स्टाटसका ट्राभल डकुमेन्ट भएका व्यक्तिले पनि नेपाल प्रवेश गर्दा विदेशस्थित नेपाली दूताबासबाट भिसा लिएर मात्र नेपाल प्रवेश गर्न पाउने छन् । 
 

Share News