काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसँग टेलिफोन संवाद गरेको विषयमा भारतको विदेश मन्त्रालयले औपचारिक जानकारी दिएको छ ।
बिहीबार आयोजित नियमित प्रेस ब्रिफिङमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालमा सम्पन्न निर्वाचनको परिणामलाई भारतले स्वागत गरेको बताएका हुन् । उनले भारत र नेपालबीच ऐतिहासिक, बहुआयामिक र निकट साझेदारी रहेको स्मरण गराउँदै नयाँ सरकारसँग सहकार्यलाई थप अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
जैसवालका अनुसार प्रधानमन्त्री मोदीले टेलिफोन संवादका क्रममा नेपालका जनता र नयाँ नेतृत्वलाई बधाई दिँदै भारत असल मित्र र छिमेकीको नाताले नेपालसँग नजिकबाट काम गर्न तयार रहेको सन्देश दिएका थिए ।