ओमनमा नेपाली दूतावासले श्रम स्वीकृति नदिने

काठमाडौं । ओमनस्थित नेपाली दूतावासले वैदेशिक रोजगारमा रहेका नेपालीलाई श्रम स्वीकृत नदिने भएको छ । 

बिहीबार दूतावासले सूचना जारी गरेर मध्यपूर्वी एशियाका राष्ट्रमा विकसित घट्नाक्रमका कारण फागनु १७ गते नेपाल सरकार, श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको बैठकले अनिश्चित कालको श्रम स्वीकृति दिने व्यवस्था बन्द गरिएको जनाएको छ ।

‘अर्को सूचना जारी नभएसम्मको लागि श्रम स्वीकृति बन्द गरिएको व्यहोरा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । असुविधाको लागि राजदूतावास क्षमाप्रार्थी छ,’ दूतावासले उल्लेख गरेको छ ।

null

Share News