काठमाडौं । सिरहा जिल्ला अदालत अगाडि बम बिस्फोट भएको छ । जिल्ला अदालत अगाडि रहेको मधेश ल फर्ममा बुधबार सवा ४ बजे बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।
बिस्फोटबाट ल फर्मको सिसा र भित्र रहेका कागजात र फर्निचरमा क्षति पुगेको छ ।
बम बिस्फोट भएको क्षेत्रमा प्रहरी परिचालन गरिएको सूचना अधिकारी रमेशबहादुर पालले जानकारी दिए ।