जेसीबी थीडीएक्स सुपरमा ‘बाइ ब्याक ग्यारेन्टी’ योजना सार्वजनिक

काठमाडौं । निर्माण तथा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्सले जेसीबी थीडीएक्स सुपर ब्याकहो लोडरका लागि उद्योगमै पहिलो पटक ‘बाइ ब्याक ग्यारेन्टी’ योजना सार्वजनिक गरेको छ । ग्राहकको विश्वास थप सुदृढ बनाउने तथा उपकरणमा गरिएको लगानीको दीर्घकालीन मूल्य सुनिश्चित गर्ने उद्देश्यले उक्त योजना ल्याइएको कम्पनीले जनाएको छ ।

यस योजनाअन्तर्गत नयाँ जेसीबी थीडीएक्स सुपर खरिद गर्ने ग्राहकहरूले एमएडब्ल्यू जेसीबीका अधिकृत डिलरमार्फत मेसिन खरिद गरेको चार वर्ष वा ८ हजार अपरेटिङ घण्टा पूरा भएपछि ग्यारेन्टी गरिएको बाइ ब्याक मूल्य प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार तोकिएका सञ्चालन तथा नियमित मर्मतसम्भारका शर्त पूरा भएमा प्रयोगपछि पनि मेसिनको मूल खरिद मूल्यको ५० प्रतिशतसम्म बाइ ब्याक लाभ उपलब्ध हुनेछ । यसले ग्राहकलाई वित्तीय सुरक्षा प्रदान गर्नुका साथै भविष्यको पुनःबिक्री मूल्यबारे स्पष्टता दिने अपेक्षा गरिएको छ ।

कम्पनीले यो पहल जेसीबी थीडीएक्स सुपरको टिकाउपन, विश्वसनीयता तथा बजारमा रहेको निरन्तर मागप्रतिको विश्वासको प्रतीक भएको जनाएको छ । नेपालका निर्माण क्षेत्रमा यो मेसिन सबैभन्दा बढी प्रयोग हुने भरपर्दा ब्याकहो लोडरहरूमध्ये एक मानिन्छ ।

एमएडब्ल्यू अर्थमुभर्सका एक प्रतिनिधिका अनुसार निर्माण क्षेत्रमा गरिने लगानीबाट ग्राहकले भरपर्दो उपकरण र दीर्घकालीन मूल्य अपेक्षा गर्ने भएकाले ‘बाइ ब्याक ग्यारेन्टी’ योजनाले खरिद निर्णयलाई अझ विश्वस्त बनाउनेछ ।

उच्च इन्धन दक्षता, शक्तिशाली प्रदर्शन, उच्च उत्पादकत्व तथा न्यून मर्मत खर्चका कारण परिचित जेसीबी थीडीएक्स सुपर नेपालभर सडक निर्माण, जलविद्युत् आयोजना, सहरी पूर्वाधार विकास तथा ग्रामीण विकासका विभिन्न परियोजनामा व्यापक रूपमा प्रयोग हुँदै आएको छ ।  

Share News