कामना सेवा विकास बैंकद्वारा २०८३ सालको डिजिटल क्यालेन्डर सार्वजनिक

काठमाडौं । कामना सेवा विकास बैंकले वि.सं. २०८३ सालको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । आधुनिक प्रविधिलाई मध्यनजर गर्दै बैंकले यस वर्ष क्यालेन्डरलाई डिजिटल माध्यममार्फत उपलब्ध गराएको जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त उक्त क्यालेन्डरमा समितिद्वारा निर्धारण गरिएका विभिन्न तिथि, पर्व तथा शुभ मुहूर्तहरू समावेश गरिएको छ । यसले सर्वसाधारणलाई धार्मिक तथा सांस्कृतिक कार्यका लागि आवश्यक जानकारी सहज रूपमा प्राप्त हुने विश्वास बैंकले लिएको छ ।

डिजिटल क्यालेन्डर सहज रूपमा प्राप्त गर्न बैंकले क्यूआर कोडसमेत सार्वजनिक गरेको छ । उक्त क्यूआर कोड स्क्यान गरी बैंकका ग्राहक तथा सर्वसाधारणले २०८३ सालको क्यालेन्डर हेर्न र डाउनलोड गर्न सक्नेछन् ।

बैंकका अनुसार क्यूआर कोड बैंकको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ, जसबाट डिजिटल माध्यममा क्यालेन्डर प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ । 

Share News