काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाले प्रयोग गरेकाे कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् । उनले आफ्नो नाममा जारी भएको कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालयको राहदानी विभागमा बुझाउन पत्रमार्फत जानकारी गराएका हुन् ।
अर्थ मन्त्रालयमार्फत पठाइएको पत्रमा ‘डीए ०००२७१०’ नम्बरको राहदानी फिर्ता गरिएको उल्लेख गरिएको छ । मन्त्री पदको जिम्मेवारीसँग सम्बन्धित सुविधा अन्त्य भएपछि राहदानी नियमानुसार फिर्ता गरिएको जनाइएको छ ।
पत्रसँगै राहदानी संलग्न राखी गृह मन्त्रालयको राहदानी विभागमा बुझाइएको उल्लेख छ । सम्बन्धित निकायमा आधिकारिक रूपमा राहदानी फिर्ता गरिएपछि आवश्यक प्रशासनिक प्रक्रिया अगाडि बढाइने बताइएको छ ।
सरकारी पदमा रहँदा प्राप्त हुने कूटनीतिक राहदानी पदावधि सकिएपछि वा प्रयोग आवश्यक नरहेमा फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
