काठमाडौं । स्याङ्जामा मतदान गर्न आएका विभिन्न कसुरमा फरार रहेका तीन जना प्रतिवादीहरू पक्राउ परेका छन् ।
स्याङ्जा प्रहरीका अनुसार गत २१ गते ४० वर्षीय प्रेमबहादुर दर्जी, ५८ वर्षीय बुद्धिमान शाही र ७४ वर्षीय रामबहादुर कामी पक्राउ परेका हुन् ।
सोमबार प्रहरीले कैद भुक्तान तथा जरिवाना असुल गर्न जिल्ला अदालत स्याङ्जा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार कर्तव्य ज्यान, बैंकिङ कसुर र बहुविवाह मुद्दामा उनीहरू फरार रहेका थिए ।
