काठमाडौं । सेयर बजारमा पुनः अर्काे सर्किट लागेको छ । पहिलो सर्किट लागेर खुलेको केही मिनेटमै पुनः अर्काे सर्किट लागेर बन्द भएको हो ।
दोस्रो सर्किटमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५ प्रतिशत अर्थात् १३५.७२ अंक बढेर २ हजार ८४८.२२ अंकमा पुगेको हो । यससँगै सेयर बजार पुनः ४० मिनेटका लागि बन्द भएको हो ।
पहिलो सर्किट सेयर कारोबार खुलेको केही समयमै लागेर २० मिनेटका लागि बन्द भएको थियो । कारोबार खुलेको ११ बजेर १ मिनेटमा ४ प्रतिशत अर्थात् १०८.६० अंक बढेर २ हजार ८२१.१० अंकमा रोकिएको थियो ।
नेप्सेका अनुसार यस अवधिमा २४७ कम्पनीको ५ लाख ३५ हजार ४६१ कित्ता सेयर किनबेच हुँदा २८ करोड ५१ लाख २५ हजार रुपैयाँ बराबर कारोबार भएको छ ।