सेयर कारोबार हल्ट, एक मिनेटमै १०८.६० अंक बढ्यो

काठमाडौं । सेयर कारोबार खुलेको केही समयमै सेयर कारोबार हल्ट भएको छ । निर्वाचन पश्चात् पहिलो पटक खुलेको सेयर कारोबार एक मिनेटमा ४ प्रतिशत बढेर २० मिनेटका लागि बन्द भएको हो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०८.६० अंक बढेर २ हजार ८२१.१० अंकमा रोकिएको छ । सेयर कारोबार खुलेको केही मिनेटमै ४ प्रतिशत बढेपछि २० मिनेटको लागि स्थगित भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार यस अवधिमा २३१ कम्पनीको ३ करोड २९ लाख ६४४ कित्ता सेयर किनबेच हुँदा १८ करोड ९६ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

अघिल्लो कारोबार दिन अर्थात गत मंगलबार ३८.५२ अंक बढेर २७१२.४९ विन्दुमा बन्द भएको थियो । 

Share News