सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा निर्वाचित

काठमाडौं । सुनसरी-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लालविक्रम थापा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका राजीव कोइरालालाई हराउँदै थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनले ५७ हजार ३४८ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कोइरालाले १६ हजार ७१ मत प्राप्त गरेका छन् । 

त्यस्तै नेकपा एमालेका सुजन लामाले ८३०३ मत ल्याउँदा श्रम संस्कृति पार्टीका चेतन राईले ७४८४ मत पाए ।

सुनसरी-२ मा विभिन्न १९ दल र स्वतन्त्रका नौसहित २८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।

Share News