काठमाडौं । निर्वाचन आयोगले धनुषा निर्वाचन क्षेत्र नम्बर १ को मत परिणाम सार्वजनिक नगर्न निर्देशन दिएको छ।
आयोगले आइतबार निर्वाचन अधिकृतको कार्यालयलाई उक्त निर्देशन दिएको हो । रास्वपाका उमेदवार किशोरी साहको उमेदवारी खारेजको रिटमा पेसी तोकिएको छ ।
आयोगले गत १८ गते मा बसेको बैठकले ‘उम्मेदवारी खारेज गर्ने’ निर्णयका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा (रिट नं.०८२-WO-०९७२) विचाराधीन रहेको छ ।
अदालतबाट आदेश नहुँदासम्म निर्वाचन परिणाम सार्वजनिक नगर्न आयोगले निर्देशन दिएको हो ।
आयोगले यस सम्बन्धमा अदालतबाट आदेश नहुँदासम्म त्यस निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको मत परिणाम घोषणा नगर्नु नगराउनु हुन अनुरोध गरेको छ ।
