सिन्धुपाल्चोक । सिन्धुपाल्चोक– २ बाट नेकपाका युवराज दुलाल विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बंशलाल तामाङलाई २ हजार ५५३ मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन् ।
नेकपाका दुलालले २१ हजार ६९९ मत प्राप्त गर्दै विजयी भएका छन् । तामाङ १९ हजार १४६ मत सहित दोस्रो भए । तेस्रोमा नेकपा एमालेका शेरबहादुर तामाङले १५ हजार ९२६ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका झलक कुमार श्रेष्ठले १४ हजार १९ मत सहित चौथो स्थानमा सीमित भएका छन् ।